महारानी एलिजाबेथ द्वितीयाः नजिक रहेर काम गरेका भूतपूर्व गोर्खा अधिकृत महारानीको मृत्युले ‘स्तब्ध र दु:खी’

0
246
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • विष्णु पोखरेल
  • बीबीसी न्यूज नेपाली

सन् २०१८ मा बकिङ्गम राजदरबारमा महारानीसँगको भेटमा भिक्टोरिया क्रस विजेता भूतपूर्व क्याप्टेन रामबहादुर लिम्बु

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन,

सन् २०१८ मा बकिङ्घम राजदरबारमा महारानीसँगको भेटमा भिक्टोरिया क्रस विजेता भूतपूर्व क्याप्टेन रामबहादुर लिम्बु

महारानी एलिजाबेथ द्वितीयाको निधनले आफूहरू “स्तब्ध बनेको” उनको ‘अर्डर्ली’का रूपमा काम गरेका भूतपूर्व गोर्खा अधिकृतहरूले बताएका छन्।

कतिपय भूतपूर्व गोर्खा अधिकृतहरूले चाहिँ “महारानीको अन्तिम संस्कारमा सामेल हुन नसक्ने अवस्था बन्दा आफूहरूलाई निकै नरमाइलो लागेको” बताए।

त्यसरी दु:खी हुनेमा कुनै बेला महारानीको ‘अर्डर्ली’ समेत रहेका भिक्टोरिया क्रस विजेता भूतपूर्व क्याप्टेन रामबहादुर लिम्बुसमेत छन्।

हाल झापाको दमकमा रहेका ८८ वर्षका उनीसँग बीबीसीले उनकी पत्नी र भतिजीको सहयोगमा कुराकानी गरेको थियो। उनी भिक्टोरिया क्रस पाउने १३ नेपालीमध्ये एक मात्र जीवित व्यक्ति हुन्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here