कपिलवस्तु
कपिलवस्तुमा ६५ %प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनकारी दिएकाे छ । बिहान ७ बजेदेखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजिव पन्थीले बताए ।

सबै ठाउँको विवरण आउने क्रम रहेकाले अझै केही बढ्न सक्ने उनले बताए । मतपेटिका मतगणना स्थलमा ल्याउने काम भइरहेकोले सर्वदलीय तथा सर्वपक्षिक वैठक पछि मतगणना हुने क्षेत्र नं ३ का निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए । जिल्लाको क्षेत्र नं. १ को बाणगंगा मा.वि गजेहडा, क्षेत्र नं २ को कपिलवस्तु नगरपालिका सभाहल तौलिहवा र क्षेत्र नं ३ को राष्ट्रिय मा.वि चन्द्रौटामा मतगणना हुने छ ।


