कपिलवस्तु ३ (क) त्रिकोणीय पतिस्पर्धा, प्रचार प्रसार तीव्र

0
190
ads वन्य जन्तु संरक्षण

मंसिर ४ गते हुने निर्वाचनमा देशभर चुनावी माहोल ताते संगै कपिलवस्तु ३ मा पनि ४ चार पार्टीको उम्मेदवार बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।त्यस्तै गरि ३ को क मा मुख्य गरी नेपाल कम्युनिष्ट पार्टी नेकपा, राप्रपा र लोसपा बीच चुनौतीपूर्ण पतिस्पर्धा हुने भएको छ भने माओवादी र जनमत पार्टी पनि आफ्नो दौडमा छन । गत बर्षको निर्वाचनमा बामगठबन्धनआ उम्मेदवार ( एमाले ) पार्टीबाट निर्वाचित भएका अर्जुन केसी फ़ेरि दोस्रोपटक जित हात पार्ने दाउमा छन भने उनलाई राप्रपाका उम्मेदवार कृष्ण प्रसाद पौडेल पछाडी पारी आफू जीत हात पार्ने दौडमा छन । अन्य पार्टीले मंच लगाएर आम सभा गर्दा राप्रपाले छुट्टै तरिका अपनाएको छ । आफ्नैलाई पैसा तिरेर भीड जुटाएर अन्य उम्मेदवारलाई गाली गर्नु भन्दा राम्रो भेटघाट गर्नु नै उचित रहेको बताउनु हुन्छ । ईमानदार , राष्ट्रबादी युवा , किसान , ब्यापारी परिवर्तनकारी शक्ति राप्रपा तर्फ रहेकोले हाम्रो जीत सुनिश्चित रहेको पौडेलको दाबी रहेको छ । पौडेल पहिला काङ्ग्रेसी थिए तर स्थानीय निर्वाचनमा चित नबुझेको र अजय थापाको साथमा राप्रपामा प्रवेश गरेका र शिवराजमा मेयर राप्रपाले जित्यो् भने कृष्णनगरमा राप्रपा दोस्रो स्थानमा रहेकोे थियो । स्थानीयको मत र ब्यक्तिगत सम्बन्धको कारण आफू एक नम्बरमा नै रहेने पटकपटक पौडेलले दाबी गरेका छन । त्यस्तै लोसपा बाट उम्मेदवार रहेका रबिदत्त मिश्र गतबर्ष को निर्वाचनमा झिनो मतले पराजित भएका थिए भने अहिले त्यो मय पनि आफुतिर नै आउने हुँदा जीत्ने सम्भावना प्रबल रहेको दाबी गरिरहेका छन । गठबन्धनका उम्मेदवार एहसान अहमद खा पनि जीत हाथ पार्ने दौडमा छन भने जनमतका उम्मेदवार देवकुमार भारती स्वतन्त्र उम्मेदवार ओमप्रकाश कुर्मी तथा नेकपा (एस ) का उम्मेदवार जीवलाल पौडेल पनि जीत हात पार्न प्रतिस्पर्धामा छन ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here