क्षमता अभिबृद्धिको लागि भित्ते पत्रिका लेखन तालिम

0
5

कपिलवस्तु, २२ जेष्ठ ।
बलबालिकाहरुको क्षमता अभिबृद्धिको लागी कपिलबस्तुका एक संस्थाले तीन दिने भित्ते पत्रिका लेखन तालिम आज देखी शुरु गरेको छ ।

दलित सामाजिक बिकास केन्द्र को आयोजना र द युनाइटेड मिसन टु नेमालको सहयोगमा उक्त तालिम संचालन भएको कुरा परियोजनाको सहायक शिक्षा अधिकृत भोरिक केवटले जानकारी दिनु भएको छ । तालिममा मायादेबी गाउँ पालिका भित्रका आठ वटा माध्यमिक बिद्यालयमा गठन भएको बाल कल्बका बिद्यार्थीहरुको सहभागिता रहेको छ । तालिम जेष्ठ २२ गते देखी २४ गते सम्म संचालन हुने छ ।

२५ जना बालबालिका सहभागी रहेको तालिममा संचारकर्मी तुलसीराम यादव ले सहजीकरण गर्नु भएको छ । बालबालिकाहरुको लेखन , सम्पादन र संचार शीपको बिकास गर्ने , श्रृजनात्मक अभिब्यक्तिलाई प्रतोसहन गर्ने लगायतका उद्धेश्य लिएर तालिमको आयोजना गरिएको कुरा परिवर्तनका लागी बालबालिका युवा तथा समुदाय परियोजनाका बाल साझेदार सहायक अधिकृत शुष्मा भिमिरे ले बताउनु भएको छ ।

उक्त तालिम तौलिहवा स्थिा होटल तिलौराकोटमा संचालन भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here