क्षमता अभिबृद्धिको लागि भित्ते पत्रिका लेखन तालिम

0
113
ads वन्य जन्तु संरक्षण

कपिलवस्तु, २२ जेष्ठ ।
बालबालिकाहरुको क्षमता अभिबृद्धिको लागी कपिलवस्तुका एक संस्थाले तीन दिने भित्ते पत्रिका लेखन तालिम आजदेखि शुरु गरेको छ ।

दलित सामाजिक बिकास केन्द्र को आयोजना र द युनाइटेड मिसन टु नेमालको सहयोगमा उक्त तालिम संचालन भएको कुरा परियोजनाको सहायक शिक्षा अधिकृत भोरिक केवटले जानकारी दिनु भएको छ । तालिममा मायादेवी गाउँपालिकाभित्रका आठ वटा माध्यमिक विद्यालयमा गठन भएको बाल क्लब विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिम जेष्ठ २२ गतेदेखि २४ गतेसम्म संचालन हुने छ ।

२५ जना बालबालिका सहभागी रहेको तालिममा संचारकर्मी तुलसीराम यादवले सहजीकरण गर्नु भएको छ । बालबालिकाहरुको लेखन, सम्पादन र संचार सिपको विकास गर्ने, श्रृजनात्मक अभिब्यक्तिलाई प्रतोसहन गर्ने लगायतका उद्धेश्य लिएर तालिमको आयोजना गरिएको कुरा परिवर्तनका लागि बालबालिका युवा तथा समुदाय परियोजनाका बाल साझेदार सहायक अधिकृत शुष्मा घिमिरेले बताउनु भएको छ ।

उक्त तालिम तौलिहवा स्थित होटल तिलौराकोटमा संचालन भईरहेको छ ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here