३ दिने NTDs तालिम सम्पन्न

0
599

कपिलवस्तु ,
वैशाख – २९
कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी हरुलाई ३ दिने NTDs तालिम सम्पन्न भएकाे छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका अन्तर्गतका १० वटा स्वास्थ्य संस्थाहरुबाट १जना Paramedics ,१जना Nursing Staffs गरि जम्मा २० जनालाई तालिम २७ गते देखि २९ गते सम्म संचालन भएकाे छ।


साे तालिमको आयाेजक लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य तालिम केन्द्र रुपन्देही तथा समन्वय सहकार्य कृष्णनगर नगरपालिका सहयाेगमा कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा फेयरमेड फाउण्डेसन नेपाल रहेकाे थियाे ।
कार्यक्रमकाे उदघाटन सत्रकाे अध्यक्षता कृष्णनगर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा द्धारा गरिएकाे थियाे।
उपेक्षित उष्ण प्रदेशिय राेग NTDs बारे नेपालमा हाल सम्म १० वटा राेग रहेकाे छ जसमा कुष्ठराेग,हात्तिपाईले,जुका,कालाजार,डेंगि,लुताे,खस्रेराेग,रेविज,सर्पदंश,चिकनगुनिया रहेका छन् ।
तालिमकाे सहजिकरण शिवराज अस्पतालका मे. सु डा. मुकेश कुमार चाैधरि र नन्द गाेपाल बढई ले गर्नुभएकाे थियाे।
तालिमलाई प्रभावकारी बनाउनका लागि सहयाेगी संस्थाले तालिममा सहभागी स्वास्थ्यकर्मी हरुलाई ३० पुर्णांककाे Pre- test र Post-test लिएकाे थियाे।
जस्मा Pre- test मा ६ देखि २२ र Post -test मा १९ देखि २७ अंक प्राप्त गरेका थिए ।
कार्यक्रमकाे तेस्रो दिन समापन सत्रमा लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका नि.निर्देशक नाेद नारायण चा‌ैधरी काे अध्यक्षतामा कार्यक्रम समापन साधै प्रमाणपत्र वितरण गरिएकाे थियाे र स्वास्थ्य शाखाका शंकर भट्टराई ,विष्णु प्रसाद पाैडेल फेयरमेड नेपालका तुलसीराम खनाल ,कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावल काेषाध्यक्ष मन्दिप सिंह ,DPC निशान गुरुङ्ग, GIO प्रजाेल धिताल,CES अनेक पाण्डे कार्यक्रममा उपस्थित रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here