पालिकामा स्वास्थ्य क्षेत्रका नितिहरुबारे संवाद

0
223

कपिलवस्तु ,
जेष्ठ – ५
कृष्णनगर नगरपालिकामा स्वास्थ्य क्षेत्रका नितिहरुबारे एक दिवसीय संवाद कार्यक्रम सम्पन्न भयाे ।
कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहकाे अध्यक्षतामा साे कार्यक्रम नगरपालिका काे सभाहलमा सम्पन्न भएकाे हाे।
कृष्णनगर नगरपालिकाकाे आयाेजना ,स्वास्थ्य तथा जनसंख्या मंत्रालयकाे समन्वय , WHO काे प्राविधिक सहयाेग साथै फेयरमेड नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रकाे आर्थिक सहयाेग रहेकाे थियाे ।
कार्यक्रममा WHO का ले आफ्नो भनाइ राख्दै भन्नू भयाे कि कृष्णनगरपालिकाले काेविड 19 र काेलेरामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेर कै हाे त्यसैगरि अझैपनि धेरै चुनाैतिहरु छ र साे चुनाैतिहरु लाई पारगरि प्रदेशकै नमुना पालिका बनाउनतिर लाग्नुपर्दछ ।
कार्यक्रमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका डा.पुष्पराज पाैडेलले स्थानिय तहकाे पहिलाे प्राथमिकता बाटाेघाटाे मात्र भएकाे हुनाले हाम्रा नागरिक स्वास्थ्य भए मात्र चिल्ला बाटाे घाटाेमा आवतजावत गर्न सक्छन् त्यसैले अबकाे हाम्राे पुरानो शैलीलाई त्याग्नुपर्छ र पहिलाे प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषिमा विशेष कार्यक्रम र बजेट छुट्टाई नागरिकहरुलाई आधाभुत स्वास्थ्यकाे अनुभुती गराउनु नै जनप्रतिनिधिहरुकाे पहिलाे प्राथमिक हाे भन्ने भनाइ राख्नुभयाे।
कार्यक्रमलाई सम्वाेधन गर्दै कार्यक्रमका अध्यक्ष नगरप्रमुख रजत प्रताप शाहले हाम्राे पहिलाे प्राथमिकता स्वास्थ्य नै थियाे स्वास्थ्य नै रहने छ तर हाम्रालागि धेरै चुनाैतिहरु भएका कारण पहिला स्वास्थ्य चाैकि व्यवस्थापनका लागि भवन ,आवस्यक ईकुमेन्टहरु जनशक्तिहरुकाे व्यवस्थापन निरन्तरता चलिरहेका छन आउने आ.व २०८०/०८१ मा स्वास्थ्य क्षेत्रमा पालिकाले ठुलाे फड्को मार्नेछ भन्ने भनाईका साथ कार्यक्रमकाे समापन गर्नुभयाे।
कार्यक्रममा पालिकाका उपप्रमुख ,सम्पूर्ण शाखाप्रमुख,सम्पूर्ण वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,स्वास्थ्य संस्था प्रमुख, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्रसिह रावल ,सल्लाहकार अर्याल,परियाेजना अधिकृत निशान गुरुङ ,प्रज्वल धिताल,अनेक पाण्डे , समाजसेवि,वुद्धजिविहरुकाे उपस्थित रहेकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here