हात्तीपाइले विरुद्ध नगर स्तरीय गाेष्ठी सम्पन्न

0
247

कपिलवस्तु
माघ २७
कपिलवस्तुकाे शिवराज नगरपालिकामा हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान अन्तर्रगत स्थानीय स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । जिल्लालाई हात्तिपाइले रोग मुक्त्त बनाउने अभियान स्वरुप नगरका नागरिकहरुलाइ यसको औसधि सेवन गराउने विषयमा छलफल भएको छ ।
राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्तरगत औषधि सेवन अभियानलाई प्रभाबकारी बनाउन नगर स्तरिय योजना बनाइ औषधि सेवनलाई प्रभकारी बनाउन नगरपालिका प्रमुख , प्रमुख प्रशसकिय अधिकृत , वडा अध्यक्षहरु, स्वास्थ्य कर्मीको सहभागितामा छलफल गरिएको छ । जिल्लामा १५ औ चरणमा हात्तिपाइलेको औसधि सेवन अभियान सुरु गर्ने तयारिमा रहेको शिबराज स्वास्थ शाखा प्रमुख चुडामणि भट्टराईले बताउनु भयो ।

प्रत्यक्ष स्वास्थ्य कर्मिको निगरानिमा औसधि सेवन गराउने र यस बारे नकारात्मक भ्रमक प्रचारहरुलाइ निरुत्साहित गर्न सबै जनप्रतिनिधि सरोकारवालाहरु लाग्नु पर्ने बताउनु भयो । लामखुट्टेको टोकाइबाट सर्ने रोग रहेकोले हात्तिपाइले रोग तुरुन्तै लक्ष्यण नदेखिने हुदा आम मानिसले यस रोगको बेवास्ता गर्ने गरेका छन । यो रोग लागि सके पछि निको नहुने भएकाले रोग लाग्नु भन्दा अगाडि नै प्रत्येक नागरिकलाई यस रोग बिरुद्वको औषधि सेवन गराउने अभियान फागुन ११ गते बाट सुरु गरिने स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो ।

हात्तीपाईले विरुद्धको औषधी सेवन अभियानमा विगतका वर्षमा देखिएका समस्याहरुका बारेमा स्वास्थ्य कर्मी पूर्णिमा क्षेत्री जानकारी गराउनु भएको थियो । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानमा धेरैले खाली पेट भएको, घरमा लगेर खान्छु भन्ने र पछि नखाने गरेको, उद्योग कल कारखानामा काम गर्ने मज्दुरहरुले औषधी वितरण गर्ने समयमा काममा हुने र उद्योगहरुले स्वास्थ्य कर्मिहरुलाई औषधी खुवाउन नदिने कारणले शत प्रतिशत अभियान सफल हुन नसकेको उहाँले बताउनु भयो । सबैलाई अनिवार्य औषधी खुवानका लागी वडा अध्यक्ष लगायत सम्पूर्ण वडाका जन प्रतिनिधीहरु सक्रिय भई हात्तीपाइले रोगको बारेमा बुझाउन सके मात्रै अभियान सफल हुने उहाँले बताउनु भयो ।
शिवराज नगरपालिकामा हात स्तन तथा अन्य प्रभावितको संख्या ४६ जना रहेको छ । खुट्टामा प्रभावितको संख्या ३२ रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनु भयो । हात्तीपाईले विरुद्ध औषधी सेवन अभियानमा ८० जना स्वास्थ्य कर्मि परिचालित गरिने , यस बारे सबैलाई सचेत र जानकारी गराउन व्यापक प्रचार प्रसार गरिने भट्टराइले बताउनु भयो ।
कार्यक्रम नगर प्रमुख अजय थापाले जन प्रतिनिधी आफै पहिले औषधी सेवन गरि जनतालाई विश्वस्त पार्नु पर्ने बताउनु भयो । कार्यक्रममा शिवराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्षहरु स्वास्थ्य कर्मिहरु, जिल्ला स्वास्थ्य कार्यालय ,फेयरमेड र कालिकाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here