कपिलवस्तु ,माघ २२
कपिलवस्तु जिल्लाकाे महाराजगन्ज नगरपालिका स्तरीय हात्तीपाइले राेग विरुद्ध आम अैाषधी सेवन कार्यक्रम सम्पन्न भएकाे छ।
कपिलवस्तु जिल्लामा हात्तीपाइले राेग विरुद्ध आम अैाषधी १४ अैां पटक खुवाइसकेकाे हुदा पनि निवारण नभएकाे हुदा यस वर्ष पनि १५ अैां पटक आम अैषधी सेवन कार्यक्रम सुरुवात भएकाे छ।हात्तीपाइले राेग विरुद्ध आम अैाषधी सेवन कार्यक्रम यही फागुन ११ गते देखि सुरुवात हुने कार्यक्रम संचालक राधेश्याम जैसवालले जानकारी दिएका छन।
चुनावका बेला जसरी सबै दलका व्यक्तिहरु चुनावमा खटेर चुनाव लडेका थियाे त्यसरीनै सबै पक्ष विपक्ष मिलेर हात्तीपाइले राेग विरुद्ध आम अैाषधी सेवनलाई यस पटक सफल गराै भन्ने विश्वासले कार्यक्रमका अध्यक्ष नगरप्रमुख अब्दुल कलामले भन्नुभयाे। हात्तीपाइले राेगका लक्षण चिन्ह,बचने उपाय तथा अैाषधी सेवन बारे कपिलवस्तु अस्पतालका फाेकल पर्सन उमेश घिमिरेले बताउनुभयो ।कार्यक्रमकाे विशिष्ट अतिथिमा नगर उपप्रमुख रिता कुमारी कुर्मी ,फेयरमेडका शशिलाल कर्ण अथितिहरुमा सम्पूर्ण वडाका वडा अध्यक्ष ,सम्पूर्ण स्वास्थ्य चाैकीका प्रमुखहरु लगायत कालिका संस्था तथा अन्य संघ संस्था हरुकाे उपस्थिति रहेकाे थियाे।




