संसदिय व्यवस्था असफल भयो महासचिव विप्लव

0
189

सनिउल्ला धोबी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले संसदिय व्यवस्था असफल भएको बताउनु भएको छ । महासचिव विप्लवले मंसिर ४ गते भएको निर्वाचनले नागरिकहरुबाट बहिष्कृत भएकोले संसदीय व्यवस्था नेपालमा आवश्यक नै नभएको बताउनुभयो । कम्युनिष्टहरु आर्थिक क्रान्ति तर्फ लाग्नु पर्ने बताउनुभयो ।
रिर्पाेर्टस क्लब नेपालले कपिलवस्तुको शिवगढीमा आयोजना गरेको सत्क्षारकार कार्यक्रमलाई सम्बोधन गर्दे महासचिव विप्लबले सबै राजनितिक दल सोच्नु पर्ने समय आएको बताउदै नागरिकको चहाना अनुसार विकल्प बैज्ञानिक समाजवाद तर्फ लाग्नु पर्ने बताउनुभयो ।
पाँच वटा पार्टी मिलेर चुनाव लडदा समेत बहुमत नआउनु नै यो व्यवस्था खारेज गर्नुु पर्ने बताउनुभयो । उहाले भन्नुभयो“पाच दल मिलेर चुनावमा गए नागरिकले पत्याएन अब नेपालमा एकिकृत जनक्रान्तीको आवश्यक भएको छ । सबै मिलेर गरौ ।”
यो व्यवस्थाबाट रुपन्तरण सम्भव नभएको बताउदै अहिलको निर्वाचनमा पुराना दल प्रती नागरिकहरु सजग भएको महासचिव विप्लवले बताउनुभयो । विश्वमा कम्युनिष्ट हराइरहदा नेपालमा किन कम्युनिष्टहरु सासन सत्तामा छन भन्दै विश्वको नजर नेपालमा अडिएको बताउनुभयो ।
कम्युनिष्ट जनमतको रक्षा गर्नका लागि अब नेपालमा कम्युनिष्ट एकता कायम गर्नु पर्ने महासचिवले बताउनुभयो । जुनदेशको नागरिकहरु आफनै देशमा श्रम गरेका छन त्यही देश अहिलेको अवस्थामा विकासित भएको विप्लवको भनाई रहेको छ । सघिंयता तत्काल खारेज गर्नु पर्ने विप्लबले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here