युक्रेन-रुस युद्ध: युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा उच्च

0
187

[ad_1]

बाँध

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

बुधवार बाँधमा ८ वटा क्षेप्यास्त्र प्रहार भएको बताइएको छ

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण भएका कारण त्यहाँको सहरका अधिकारीहरूले बासिन्दाहरूलाई बाढीको खतरा भएकाले अन्यत्र जान भनेका छन्।

क्रिभी रिहको दुई जिल्लाका करिब २२ वटा बस्तीका मानिसहरू जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बुधवार चेतावनी दिएका छन्।

बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक)को गतिमा पानी ओइरिएको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको उनीहरूले बताएका छन्।

आफूले गरेका प्रत्याक्रमणको बदलामा रुसले उक्त आक्रमण गरेको युक्रेनले बताएको छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here