महारानी एलिजाबेथ द्वितीया: ‘काष्ठमण्डपमा रिपोर्टिङमा जाँदा महारानीलाई साह्रै प्रफुल्ल देखेँ’

0
211
ads वन्य जन्तु संरक्षण

[ad_1]

महारानी एलिजाबेथ द्वितीया: ‘काष्ठमण्डपमा रिपोर्टिङमा जाँदा महारानीलाई साह्रै प्रफुल्ल देखेँ’

पुस्तौँदेखि दरबारमा फोटो खिच्ने र चित्रकारिता गर्ने काम गर्दै आएको काठमाण्डूको चित्रकार परिवारका एक सदस्य तथा फोटो पत्रकार किरणमान चित्रकारले महारानी एलिजाबेथको निधनले आफ्ना बाबुबाजेको कामको स्मरण पुन: ताजा बनाएको बताएका छन्।

उनका हजुरबुबा दीर्घमान र बुबा गणेशमान चित्रकारले नेपालको तत्कालीन राजपरिवार र विदेशबाट आउने विशिष्ट पाहुनाहरूको तस्बिर खिचेका थिए।

३३ वर्ष नेपाल टेलिभिजनमा भिडिओ पत्रकारका रूपमा काम गरेका चित्रकारले काष्ठमण्डपमा मेयरले महारानीलाई नगरको चाबी हस्तान्तरण गर्ने कार्यक्रमको रिपोर्टिङका क्रममा आफूले प्रत्यक्ष महारानीलाई प्रफुल्ल मुद्रामा देखेको स्मरण गरेका छन्।

बाबुबाजेले खिचेका पुराना तस्बिरलाई त्यसबेला महारानीलाई उपहार दिएका किरणमानले त्यसका लागि ब्रिटिश राजपरिवारले ब्रिटेनबाटै पठाएको प्रशंसापत्र पाएका थिए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि:

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here