चोलेन्द्र शम्शेर जबरा: महाअभियोग सिफारिस समितिले निलम्बित प्रधान न्यायाधीशलाई पुनः बोलायो, प्रतिवेदन बुझाउने तयारी

0
265
ads वन्य जन्तु संरक्षण

[ad_1]

महाभियोग सिफारिश समिति

संसद्को महाअभियोग सिफारिस समितिले पूरक प्रश्नका लागि सर्वोच्च अदालतका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई शुक्रवार पुनः बोलाएको छ।

यसअघि समितिमा बयानका लागि आएका निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र कतिपय नेतामाथि पनि विभिन्न किसिमका आरोप र लाञ्छनाहरू लगाएका थिए।

समितिले आरोपित गरिएका कानुन व्यवसायीहरूसँग बिहीवार बयान लिएपछि जबरालाई पूरक प्रश्नका लागि बोलाउने निर्णय गरेको समितिको सभापतित्व गरिरहेका सांसद रामबहादुर विष्टले जानकारी दिए।

“भोलि (शुक्रवार) उहाँ (जबरा)लाई पूरक प्रश्न सोधिन्छ। समितिले प्रतिवेदन लेखनको काम पनि सँगसँगै अघि बढाइरहेको छ। पूरक प्रश्न सोधिसकेपछि अहिलेसम्म भएका काम कारबाहीको प्रतिवेदन सदनमा पेस गर्छौँ,” विष्टले भने।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here