खानेपानी  तथा सरसफाई बारे वडा अस्तरीय अन्तरक्रिया सम्पन्न

0
296

साउन २५
कपिलवस्तु , विजयनगर गाउँपालिका अन्तरगत वडा नं.७ ले बृहत् छलफल कार्यक्रम गरेकाे छ ।

विजयनगरकाे ७ नं.वार्ड ले आफ्नो टाेल वस्तिहरुलाई स्वच्छ सफा तथा व्यवस्थापन गर्नका लागि बृहत् रुपले सर्वपक्षीय भेला गरि एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ ।


सार्वजनिक बाटाे कब्जा तथा अतिक्रमण गरेका लाई वडाबाट कार्वाही गरि बाटाे तथा नालि व्यवस्थापन र शाैचालय नियमित प्रयाेग गर्ने लाैटनराम मा.वि का विधार्थी हरुले वडा अन्तरगत आर टि याे सडक छेउमा वृक्षारोपण गर्ने र हरेक शुक्रबार अतिरिक्त कृयाकलापमा आफुले लगाएकाे बिरुवाकाे हेरचाह गर्ने ,मदिरा पसल व्यवस्थापन तथा नियमकानुन बमोजिम संचालन गर्नुपर्ने बारे वृहत् छलफल गरिएकाे छ ।


कार्यक्रम लाई प्रभावकारी बनाउनका लागि ईप्रका गणेशपुरका प्रमुख ,वडा सदस्यहरु,मदरसाका प्रतिनिधि,स्कुलका प्रतिनिधि,स्वास्थ्य शाखा प्रमुख तथा अन्य समाजसेवीहरु उपस्थिति रहेकाे र वडा अध्यक्ष दिनेश कुमार चाैधरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here