कपिलवस्तुमा एकै परिवारका दुई बालक मृत

0
200
ads वन्य जन्तु संरक्षण

साउन २३
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका ५ बगहीमा  एकै परिवारका दुई दाजुभाइ मृतअवस्थामा फेला परेका छन् । मङ्गलवारदेखी हराएका वर्ष ५ का जुम्ल्याहा दाजुभाइ राजन यादव र  साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको ईप्रका कृष्णनगरले जनाएको छ ।

प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको थियो ।  माटो निकालेर पानी जमेको खाडलमा  दाजुभाइको शव फेला परेको प्रहरीले जनाएको  छ । दुवै शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईप्रका कृष्णनगरले जनाएको छ ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here