कृष्णनगरमा दादुरा – रुबेला खाेप अभियान सम्बन्धित पालिका स्तरीय कार्यक्रम सम्पन्न

0
183


कृष्णनगर ,फागुन १६
अनेक पाण्डे
दादुरा – रुबेला खाेप अभियान सम्बन्धित पालिका स्तरीय खाेप समन्वय समिति ,स्वास्थ संस्था प्रमुख तथा संचारकर्मीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।
उप प्रमुख आरति देवि चाैधरीकाे अध्यक्षतामा कार्यक्रम संचालन भएकाे थियाे ।
कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा नगरपालिकाकाे सभा हलमा कार्यक्रम सम्पन्न भएकाे जानकारी कार्यक्रम संचालक तथा स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले जानकारी दिनु भयाे छ ।

कार्यक्रम सहजिकरण गर्दै नन्द गाेपाल बढईले खोपबाट बचाउन सकिने विभिन्न रोगहरू लाग्ने दरमा उल्लेखनीय रुपमा कमी ल्याई ती रोगहरूको कारणबाट हुने अपाङ्गता र बाल मृत्य दर घटाउन नै खोप कार्यक्रमको लक्ष्य हो। यो कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रमहरू मध्येको एक हो। खोप कार्यक्रमले शिशु मृत्यु दर, बाल मृत्यु दर घटाउनमा विशेष योगदान पुर्याउँछ । राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य हासिल गर्न देशभरीका सबै स्थान र वर्ग-समुदायसम्म खोप सेवाको पहुँच भएको हुनु पर्दछ । त्यसैगरी लक्षित व्यक्ति सबैले हरेक खोपको पूर्ण मात्रा लिन जरुरी हुन्छ ।
दादुरा एक प्रकारको RNA भाइरस (Paramyxovirus) बाट लाग्ने संक्रामक रोग हो। यो भाइरस मानिसमा मात्र सर्दछ र धेरै छिटो सर्ने अतिसंक्रामक किसिमको भाइरस हो। त्यसैले यो रोगले छिट्टै नै महामारीको रुप लिनसक्छ। यो रोग कुनै पनि उमेरका मानिसलाई हुनसक्छ तर ५ वर्षमुनिका बालबालिकामा यो रोग धेरै हुने गरेको छ । दादुरा विरुद्धको खोप उपलब्ध हुनुभन्दा पहिला प्रायःजसो सबै बालबालिकाहरू यो रोगबाट सक्रमित हुन्थे र बालबालिकको मृत्यु गराउने प्रमुख कारणहरू मध्ये एक रहेको थियो। यो रोग विरुद्धको खोपको प्रयोगबाट यसको कारणबाट हुने मृत्युमा उल्लेखनीय रुपमा कमी आएको विभिन्त तथ्याङ्कले पुष्टि गरेको छ भन्ने जानकारी दिनुभयो ।
कृष्णनगर नगरपालिकामा रहेका सम्पूर्ण ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खाेप लगाउने कार्यक्रम फागुन १८ गते देखि २७ गते सम्म स्कुलहरुमा संचालन गरिनेछ तय भएकाे छ ।
कार्यक्रममा सम्पुर्ण वडाका वडा अध्यक्ष ,स्वास्थ्य संस्था प्रमुख ,पत्रकारहरुकाे उपस्थित रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here