कपिलवस्तु ,फागुन ९
कुष्ठराेग तथा हातिपाइले प्रभावितलाई उधमशिलता तालिम सम्पन्न भएकाे छ।
कपिलवस्तु जिल्लाकाे बुद्धभुमि नगरपालिका वार्ड न.३ दुबियामा रहेकाे दुबिया स्वयं हेरचाह समुहलाई ३ दिने जिविकाेपार्जन समबन्धि ३ दिने आधारभुत उधमशिलता तालिम सम्पन्न भएकाे छ ।
वार्ड न.३ काे आयाेजना तथा फेयरमेड फाउणङ नेपाल, कालिका स्वावलम्बन सामाजिक केन्द्रकाे प्राविधिक सहयाेगमा कार्यक्रम सचांलन भएकाे छ।
प्रशिक्षक तथा सहजिकरण हरि प्रसाद घिमिरेले गर्नुभएकाे थियाे ।
वडा अध्यक्ष गाेविन्द प्रसाद आचार्यकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियाे ।
कार्यक्रममा २२ जनाकाे सहभागी रहेकाे थियाे ।


