अप्सरा मिडिया द्धारा जाकेट बितरण ।

0
236

कृष्णनगर, २६ पुष

कपिलवस्तु जिल्लाको कृष्णनगर बाट संचालन रहेको अप्सरा मिडिया प्रा. लि. ले कृष्णनगरमा आज गरिब असहायलाई जाडोमा न्यानो होस भन्ने उद्देश्य का साथ ७० जनालाई ज्याकेट वितरण गरिएको छ।

कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको अलहुदा पब्लिक स्कूलको हलमा सो ज्याकेट वितरण गरिएको छ ।

दिन प्रतिदिन जाडाे बढ्दै गएकाेले गरिब, असहाय तथा एकल परिवारका व्यक्ति लाई ज्याकेट वितरण गरिएको तथा सो ज्याकेटबाट जाडोमा न्यानो हुने विश्वास अप्सरा मिडिया प्रा. लि. का अध्यक्ष संचार कर्मी शहबाज खान ले बताए ।
ज्याकेट पाउदा आफू हरू खुसी भएको तथा यस्ता गरिब र असहाय लाई सहयोग गर्ने व्यक्ति थोरै मात्र रहेकाले आयोजक लाई हार्दिक धन्यवाद दिए ।

उक्त ज्याकेट वितरण कार्यक्रममा मोहम्मद मुस्लिम, अमन खान, अनिसुर रहमान, कादिर खान, इन्जीनियर शइद अकतर, आमिर खान, अनेक पाण्डे, निरहु यादव, कमलेश चन्द गुप्ता लगायतको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here