संयमित र सभ्य भई तिहार मनाउन अनुरोध प्रमुख जिल्ला अधिकारी (प्रजिअ)

0
119
Oplus_131072

कपिलवस्तु , कार्तिक १३
जिल्ला सुरक्षा समितिकाे बैठकमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले चांडपर्वलाई संयमित भई मनाउन आग्रह गरेका छन ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले तिहारमा अनावश्यक आतिशबाजी नगर्न र पटाका जस्ता पदार्थ नपडकाइ संयमित र सभ्य भई मनाउन अनुरोध गर्नुभयो ।
उहांले कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गरि अगाडि बढ्नुपर्नेमा जाेड दिनुभयाे ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गर्नु भयो । मुर्ति स्थापना तथा विसर्जन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख शाहले तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न अनुराेध गर्नुभयो ।
कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्ता भट्टले तिहार पर्वको सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिनुभयो । उहाले भन्नू भयो “सबैले कानुनको पालना गर्दै सभ्य र सुरक्षित पर्व मनाउनु होला ।”
सशस्त्र प्रहरी उपरीक्षक रामजंग शाहले तिहार मेलमिलापको भएको बताउनु भयो । सामाजिक सद्भाव र अनुशासनमा एकताबद्ध रहन अनुरोध गर्नु भयो ।

सशस्त्र नायब उपरीक्षक भीम निधि खनालले सामाजिक सद्भावको सन्देश दिने पर्वमा अतिशबाजीको प्रयोगले असुरक्षा निम्त्याउन सक्छ, त्यसैले संयमित रहन सबैलाई आग्रह गर्नुभयो ।

सुरक्षा समितिले मुर्ति विसर्जनका लागि विभिन्न बुंदाहरुमा निर्णय गरेकाे छ।
सामाजिक संजाल तथा अनलाइनको दुरुपयोग गरी जातीय, धार्मिक र साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने र राष्ट्रिय सुरक्षा एवं राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहिन विषयवस्तुको साथै व्यक्ति / समुदायको प्रतिष्ठा एवं आत्म सम्मानमा ठेस पुग्ने खालका कुनै पनि सामाग्री, लेख, विचार, प्रकाशन / प्रसारण नगर्ने/ नगराउने तथा यस्ता गैरकानूनी कृयाकलापहरु कानूनत: दण्डनीय हुने हुँदा त्यस्तो गर्ने जो कोहीलाई पनि प्रचलित कानून बमोजिम कडा कारवाही गरिने निर्णय गरिएकाे छ ।
त्यस्तै घरेलु हतियार, लाठी, रड लगायतका चिजवस्तुहरु बोक्न नदिने , चाडवाडको समयमा बढी जसो हुने जुवातास, लागु पदार्थको प्रयोग, जाँड रक्सीको विक्री वितरणका कारण अप्रिय अवस्था आउन सक्ने हुँदा मूर्ति विसर्जन हुने दिन कृष्णनगर बजार एरियामा रहेका मदिरा पसल बिक्री वितरण पुर्ण रुपले बन्द गर्ने निर्णय भएकाे छ ।
धार्मिक समूह व संस्थाले स्थानीय प्रहरीलाई जानकारी गराएर मात्र सार्वजनिक स्थलमा धार्मिक झण्डा, तोरण राख्ने र त्यसरी राखिएको झण्डा ध्वजा, पताका पर्व / कार्यक्रम समाप्त भएको ७ दिन भित्र स्वयंले हटाउने र त्यसको आवश्यक व्यवस्था सम्बन्धित पालिकाले मिलाउने छ । साथै मूर्ति स्थापना गरिएको स्थान र विसर्जन ऱ्यालीमा अरुलाई असरपर्ने गरी अस्वभाविक ध्वनी प्रदुषण हुने गरी डि.जे. बजाउन निरुत्साहित गर्ने जस्ता निर्णय गरिएकाे छ ।

कार्यक्रममा जाबेद आलम खान, नारायण कानोडिया,
वडा अध्यक्ष तुगंनाथ चाैधरी, हरिपाल चतुर्बेदी, कृष्ण कुमार गुप्ता, सगिर अहमद खा, कृष्णनगर इलाका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार गुप्ता, ट्राफिक प्रहरी नायब निरीक्षक चुडामणि पोख्रेल, समाजसेवी अशिष कौशल, नसरुल्लाह खान, अब्दुल अजिज जहिद, स्थानीय पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शुभ दिपावली, छठ पर्वको शुभकामना दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here