शिवराजमा प्रमुख प्रशासकीय अधिकृतकाे  अनुगमन

0
133
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

अनेक पाण्डे ,कपिलवस्तु
कार्तिक ११
कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका अन्तरगतमा रहेका कृषक समूह र स्वास्थ्य संस्थामा अनुगमन गरेकाे छ।
शिवराज नगरपालिका वार्ड नं.९ शिवगढीमा रहेकाे चमरबाेझिया स्वयं हेरचाह कृषक समुहमा पालिकाले अनुगमन गरेकाे छ।

२०७६ सालमा कालिका स्वावलम्बन सामाजिक केन्द्र र फेयरमेड फाउन्डेसन नेपाल द्धारा संचालित आधारभुत स्वास्थ्य परियाेजनाले कुष्ठराेग प्रभावित व्यक्तिहरुकाे सामाजिक भेदभाव ,स्वयं हेरचाह, आर्थिक उन्नति र अपाङ्गता हुनबाट बचाउनका लागि २२ जना कुष्ठराेग प्रभावित व्यक्तिहरुकाे समूह गठन गरि पालिकामा दर्ता समेत गराएकाे छ।

  परियाेजना बाट समुहमा ५० हजार आयआर्जन रकम  २० हजार आकास्मिक काेष (उपचार रकम) गरि ७० हजार रकम हस्तान्तरण गरेकाे छ भने पालिका  बाट समुह दर्ता हुने वर्ष १ लाख १५ हजार तथा आ.व ८०/८१ मा थप ७५ हजार गरि जम्मा १ लाख ९० हजार रकम आयआर्जनका लागि दिएकाे  स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिनु भयाे।
हाल समुहमा रहेकाे रकम पालिका ,परियाेजना तथा
समुहकाे माषिक बचत  बाट रु ३ लाख ५ हजार रहेकाे काेषाध्यक्ष हसिना थारुले जानकारी दिनु भयाे।

समुहकाे रकम प्रत्यक्ष रुपमा बैंककिङ्ग काराेबारबाट हुनुपर्ने र सदस्यहरुले रकम जम्मा गर्दा वा ऋृण लिदा समेत चेक र भाैचरकाे प्रयाेग गर्नु पर्ने बारे लेखा अधिकृत राम चन्द्र मरासिनीले बताउनुभयो ।

समुहमाका सदस्यहरुकाे आयआर्जनबारे पालिका स्तरीय अनुगमनमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाैडेलले समुहका सदस्यहरुकाे प्रत्यक्ष तरकारी खेति अवलोकन गर्नुभयो र समुहका लागि पालिकाले गर्नुपर्ने सहयाेग र आ.वा ८१/८२ मा  सिपमुलक तालिमदिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कुष्ठराेग प्रभावित व्यक्तिहरुले बिच्चमै अैाषधी सेवनगर्न छाडेकाे वा स्वयं हेरचाह नगरेकाे खण्डमा समयमै उपचार पूरा नहुनु र अपाङ्गता हुने खतराबढी हुने भएकाेले स्वास्थ्यकर्मी परिचालन तथा संघ संस्थाहरुकाे सहयाेग निर्तरता रहेकाे र स्वयं हेरचाह बारे  सदस्यहरु बाट नियमित रुपमा गरे- नगरेकाे प्रत्येक्ष अनुगमन स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले गर्नु भयाे ।

समुहका सदस्यहरुले लिजमा खेतलिएर कृषिकार्य  गरेकाे हुनाले कृषिबाट आउने  बिउबिजन/अैाषधी / कृषि अनुदानहरु बारे कृषि अधिकृत ताराचन्र्द चाैधरीले समुहमा बताउनु भयाे ।
शिवगढी स्वास्थ्य चाैकीमा दिने सेवा OPD सेवा, वर्थिङ्ग सेन्टर,प्रशासन कक्ष,स्टाेर रुम, हाजिरी रजिस्ट्रार (इलेक्टि्रकल थम्ब) तथा  रिपोर्टिङ रेकर्डिङ बारे अनुगमन गरिएकाे थियाे ।
आधारभुत स्वास्थ परियाेजनाका जिल्ला संयाेजक निशान कुवर,Gio प्रज्वल धिताल ,सुपरभाईजर अनेक पाण्डे समेतकाे उपस्थित रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here