बजेट अधिवेशन बैशाख २४ गतेदेखि

0
196

बैशाख २० गते
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २४ गते आइतबार ४ बजेका लागि संघीय संसद्‍का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार संसद्को अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपतिले अधिवेशन आह्वान गरेसँगै संसद् सचिवालयले सूचना जारी गरेर सांसदहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले बजेट अधिवशेन आह्वानका लागि सिफारिस गरेको हो । बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here