नेपाली चलचित्र: सामाजिक सञ्जालमा किन चर्चामा छ ‘ऐना झ्यालको पुतली’?

0
185

[ad_1]

विद्या पात्र

तस्बिर स्रोत, Local Cinema

तस्बिरको क्याप्शन,

विद्या बनेकी कञ्चन

आफ्नी आमाले “फिल्म खेल्ने” अनुमति दिँदा सङ्खुवासभा खाँदबारीकी कञ्चन चिमरिया दङ्ग परेकी थिइन्। उनी कलाकार बन्न लागेको खबर आफन्त, छरछिमेक, साथीभाइ सबैकहाँ पुग्यो।

चिटिक्क परेका लुगा, मुहारमा लपक्क शृङ्गार, अङ्ग्रेजी मिसिएको लवज अनि फरक चालढालसहितको हिँडाई- कञ्चनले यूट्यूबमा हेरेका केही चलचित्रका अभिनेत्रीहरूको ठाउँमा आफूलाई कल्पना गर्न थालेकी थिइन्।

तर जब छायाङ्कनको तयारी भयो तब उनी छाँगाबाट खसेसरह भइन्। त्यति बेला कसैले उनलाई हातमा केही थान थोत्रा कुर्था थमाउँदै भनेको थियो- “तिमीले यस्तै लुगा लगाउनु पर्छ।”

“मैले त फिल्म खेल्ने मान्छेले त्यस्तो लुगा लगाउँछन् भन्ने सोचेकी पनि थिइनँ। झन् स्कूलको फ्रकमुनि सुरुवाल लगाएर हिँड्नु पर्दा लाजले भुतुक्कै भएँ, “उनले आफ्नो अनुभव सुनाइन्।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here