चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता

0
190


आश्विन २६, २०७९
कांग्रेसका बागी उम्मेदवार दिनेश कोइराला भन्छन् : एमालेले मलाई समर्थन गर्छ

— चितवन ३ मा एमालेले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिन क्षेत्र नम्बर ३ निर्वाचन अधिकृतको कार्यालयमा निवेदन आएको सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । एमाले केन्द्रीय कार्यालयबाट आएको इमेल ‘भेरिफाई’ भइसकेको उनले बताए । चितवन क्षेत्र नम्बर ३ मा न्यौपानेसहित २१ जनाको उम्मेदवारी दर्ता भएको थियो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन् । पूर्वकांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि चितवन-३ मा उम्मेदवारी दिएका छन् । एमालेले उम्मेदवारी फिर्ता लिए पनि कसलाई समर्थन गर्ने भन्ने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

तर कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका दिनेश कोइरालाले भने आफूलाई एमालेले उम्मेदवारी फिर्ता गरेर समर्थन गरेको दाबी गरेका छन् । कोइराला कांग्रेसका बागी उम्मेदवार हुन् । कांग्रेससहित सत्तारुढ गठबन्धनले बुधबार १ बजेसम्म बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन अल्टिमेटम दिए पनि कोइरालाले भने फिर्ता लिएनन् । राप्रपाका पाण्डेले एमालेको समर्थन खोजे पनि सहमति हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here