करवाचाैथ व्रत मनाउदै

0
185

कपिलवस्तु । नेपालको पश्चिम तराईका धेरै जिल्लाहरूमा विवाहित मधेसी महिला आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यका लागि करवा चौथ पर्व मनाउने गर्दछन् ।

कार्तिक कृष्ण चतुर्थीका दिन निर्जल व्रत बसी पतिको सु–स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै पत्नीहरू दिनभरि नै व्रत बस्ने गर्दछन् ।

टोल टोलका महिलाहरू एक एक ठाउँमा जम्मा भई करवा चौथसँग सम्बन्धित कहानी सुनाई धूमधामका साथ पूजापाठ गर्दछन् । रात्रिमा चन्द्रोदय भएपछि चन्द्रदेव र गणेश भगवानको पूजा अर्चना गरेपछि पतिको हातबाट मिठा परिकार ग्रहण गरी व्रत तोड्ने चलन छ ।

कतै पतिको अनुहार चलनीमा हेरेपछि पानी खाई व्रत तोड्ने गरेको पाइन्छ । खासगरि भारतको उत्तर प्रदेश र विहारसँग जोडिएका नेपाली क्षेत्रमा स्थानीय महिलाहरूले दिनभरि व्रत बसी साँझ पखमा नयाँ चामलको फारा, आसा ,तरकारी पुरी, खीर बनाउने चलन रहेको छ ।

करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ । यस बाहेक, करवाचौथको व्रत र उत्सवका क्रममा धेरै जसो महिलाहरूले आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलित विधिविधान र प्रथालाई अनुसरण गर्दछन्, यद्यपि बहुसंख्यक महिलाहरूले निराहार रहेर चन्द्रोदयको प्रतीक्षा गर्दछन् र चन्द्रदर्शनपछि मात्र व्रतको समापन गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here