कृष्णनगरमा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवस धुमधामसँग मनाइयो, झोला र छाता वितरण

0
45

कृष्णनगरमा २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक दिवस धुमधामसँग मनाइयो, झोला र छाता वितरण
कृष्णनगर,मंसिर १९
अनेक पाण्डे
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा “स्वास्थ्य समुदायकाे निर्माण ,महिला समुदायीक स्वास्थ्य स्वयंसेविकाहरुकाे २२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक (FCHV) दिवस उत्तिकै उत्साह र सम्मानका साथ मनाइएको छ। नगरपालिकामा कार्यरत सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकहरूको उल्लेखनीय योगदानलाई कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको आयोजना कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले गरेको थियो। कार्यक्रममा नगरपालिकाका विभिन्न वडामा सेवा दिइरहेका स्वयंसेवकहरूलाई कार्य–सहज हुनेगरी ११५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक लाई झोला र छाता वितरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका अनुसार समुदायमा सुरक्षित मातृत्व, खोप कार्यक्रम, पोषण सुधार, जनचेतना अभिवृद्धि जस्ता महत्वपूर्ण स्वास्थ्य सेवामा स्वयंसेवकहरूले पुगेको योगदान अतुलनीय छ। कार्यक्रममा बोल्ने वक्ताहरूले महिला स्वास्थ्य स्वयंसेवकहरू समुदाय र स्वास्थ्य संस्थाबीचको सेतुका रूपमा अत्यन्त प्रभावकारी कार्य गर्दै आएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे।

स्वयंसेवकहरूको मनोबल वृद्धि तथा उनीहरूको दैनिक फील्ड–कार्य सहज बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले झोला र छाता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुखले बताए।

कार्यक्रममा सहभागी स्वयंसेवकहरूले नगरपालिकाकाे यस पहलप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार र उत्साहका साथ काम गर्ने प्रतिबद्धता जनाए।

यसरी नगरपालिकाले २२औँ दिवसको अवसरमा महिला स्वास्थ्य स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here