संचारक्षेत्रमा रहेका जटिलतालाई नियमन गर्ने मन्त्री रेखा शर्मा

1
250

दाङ ,२८ माघ । सुचना ,संचार तथा प्रविधि मन्त्री रेखा शर्माकाे लुम्बिनी प्रदेशका पत्रकार संगकाे स्वागत तथा भेटघाट कार्यक्रमा मन्त्री शर्माले अनलाइन सञ्चार माध्यमलाई नियमन गर्ने कानुन बनाउने तयारी रहेको बताउनुभयो । सञ्चार क्षेत्रमा रहेका केही जटिल विषयहरूलाई अध्ययन गरी सुधार गरिने उहाँले बताउनुभयो ।अनलाइन संचारमाध्यमलाई नियमन गर्ने र प्रेस काउन्सिल जस्तै मिडिया काउन्सिल बनाउने बताउनुभयाे।
मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताउनुभयाे। उनले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताउनुभयो ।
भेटघाटमा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरिले हुलाकबाट पत्रपत्रिका तथा अन्लाइन नविकरण भईरहेकाे तर टिभी ,रेडियाेका लागि अझैपनि काठमाडौं धाउनुपर्ने समस्याबाट मन्त्री शर्मालाई अवगत गराउनुभयाे । साथै दांगकाे भालुवांङमा निर्माणाधीन पत्रकार महासंघकाे भवनबारे मन्त्री शर्मालाई जानकारी गराउदै अध्यक्ष गिरिले लुम्बिनीमा पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक बजेट विनियाेजन गरि दिन आग्रहसमेत गर्नुभएकाे थियाे । कार्यक्रममा कपिलवस्तु , दांग , प्युठान, रुपन्देही लगायतका संचारकर्मीहरुकाे उपस्थिति रहेकाे थियाे ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here