
कपिलवस्तु ,
जेष्ठ – २८
शिवराज नगरपालिकामा स्वास्थ्य क्षेत्रका नितिहरुबारे एक दिवसीय संवाद कार्यक्रम सम्पन्न भयाे ।
शिवराज नगरपालिका प्रमुख अजय थापाकाे अध्यक्षतामा साे कार्यक्रम वार्ड नं.५ काे सभाहलमा सम्पन्न भएकाे हाे।
शिवराज नगरपालिकाकाे आयाेजना ,स्वास्थ्य मंत्रालयकाे समन्वय , WHO काे प्राविधिक सहयाेग साथै फेयरमेड नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रकाे आर्थिक सहयाेग रहेकाे थियाे ।
कार्यक्रममा WHO का सकुक भट्ट ले आफ्नो भनाइ राख्दै भन्नू भयाे कि शिवराज नगरपालिकाले काेविड 19 मा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकै हाे त्यसै गरि याे वर्ष ठुलाे चुनाैति भनेकाे मातृमृत्युमा प्रदेशकै प्रथम नगरपालिकामा दर्ज भएकाे छ अझैपनि धेरै चुनाैतिहरु छ र साे चुनाैतिहरु लाई पारगरि प्रदेशकै नमुना पालिका बनाउनतिर लाग्नुपर्दछ ।
कार्यक्रमलाई सम्वाेधन गर्दै कार्यक्रमका अध्यक्ष नगरप्रमुख अजय थापाले हाम्राे पहिलाे प्राथमिकता शिक्षा थियाे नागरिकलाई पहिला शिक्षा र जनचेतना दिन सक्याे भने स्वास्थ्य क्षेत्रका धेरै समस्याहरुमा सुधार हुनसक्छ पहिलाे वर्ष शिक्षा थियाे भने याे वर्ष स्वास्थ्य पहिलाे प्रथमिकतामा रहने छ। हाम्रालागि धेरै चुनाैतिहरु भएका कारण पहिला स्वास्थ्य चाैकि व्यवस्थापनका लागि भवन ,आवस्यक ईकुमेन्टहरु जनशक्तिहरुकाे व्यवस्थापन निरन्तरता चलिरहेका छन आउने आ.व २०८०/०८१ मा स्वास्थ्य क्षेत्रमा पालिकाले ठुलाे फड्को मार्नेछ भन्ने भनाईका साथ कार्यक्रमकाे समापन गर्नुभयाे।
कार्यक्रममा पालिकाका स्वास्थ्य संयाेजक चुणामणि भट्टराई ,पुर्णिमा खनाल तथा सम्पूर्ण वडा अध्यक्ष ,कार्यपालिका सदस्य , फेयरमेण्ड फाउन्डेसन नेपालका शशिला कर्ण,तुलसिराम खनाल,मन्जु पाण्डे कालिका स्वावलम्बन सामाजिक केन्द्रका सल्लाहकार रामु अर्याल,परियाेजना अधिकृत निशान गुरुङ ,प्रज्वल धिताल,अनेक पाण्डे , समाजसेवि,वुद्धजिविहरुकाे उपस्थित रहेकाे थियाे।