कृष्णनगरमा महिला स्वराेजगारकाे लागि मेसिन वितरण

0
382

बहादुरगंज
असार ११
कृष्णनगर नगरपालिकाको सहयोग र ग्रामीण स्वावलम्बन विकास केन्द्रको आयोजनामा तीन महिनासम्म संचालन भएको महिलाहरुको स्वरोजगारका लागि ३ महिने सिलाई कटाइ तालिम सम्पन्न गरियाे ।
तीन महिने सिलाई कटाइ तालिमकाे आज समापन गरिएको छ । कृष्णनगर न.पा.वार्ड नं.७,८ र ९ का गरि जम्मा २० जनालाई सो बितरण गरिएको छ ।  नगरप्रमुख रजत प्रताप शाहको प्रमुख आतिथि रहेको सो समापन कार्यक्रममा वार्ड अध्यक्ष सतिश हरिजन , राजकिशोर यादव  कार्यक्रममा स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख शाहले सम्बोधन गर्दै आउने बजेटमा एडभान्स लेबलको तालिम गराएर पुर्ण रोजगार योग्य बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here