रास्वपा महाराजगन्ज नगर सभापतिमा शुक्ला चयन

0
1

महाराजगन्ज, जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाराजगन्ज नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले ओमकार शुक्लाको नेतृत्वमा १५ सदस्यीय महाराजगन्ज नगर कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

नवनिर्वाचित सहसचिव समिम मुसलमानका अनुसार अधिवेशनबाट नगर सभापतिमा ओमकार शुक्ला, उपसभापतिमा दिनेश हमाल, सचिवमा प्रभुनाथ कुर्मी तथा सहसचिवमा समिम मुसलमान सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । अन्य सदस्यहरू सहित १५ सदस्यीय नगर कार्य समिति गठन गरिएको उनले जानकारी दिए ।

नवनिर्वाचित नेतृत्वले महाराजगन्ज नगरभित्र पार्टी संगठनलाई थप सुदृढ बनाउने, स्थानीय नागरिकका समस्या समाधानका लागि आवाज उठाउने तथा सुशासन र विकासका मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनमा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागिता रहेको थियो। नवगठित समितिले संगठन विस्तारसँगै जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here