राष्ट्रिय मुक्ति पार्टी नेपाल कपिलवस्तु जिल्ला समितिको बैठक सम्पन्न, उम्मेदवारको नामावली सार्वजनिक

0
79

पुष १२ कपिलवस्तु,अनेक पाण्डे
कपिलवस्तु — राष्ट्रिय मुक्ति पार्टी नेपाल, कपिलवस्तु जिल्ला समितिको मिति २०८२ साल ०९ महिना ११ गते सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली सर्वसम्मत रूपमा निर्णय गरी केन्द्रमा पठाउने निर्णय गरेको छ।
जिल्ला समिति बैठकबाट गरिएको निर्णयअनुसार कपिलवस्तु जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूबाट प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ उम्मेदवारहरू छनोट गरिएको पार्टीले जनाएको छ। पार्टीका जिल्ला अध्यक्ष कैलाश प्रसाद अग्रहरीको अध्यक्षतामा सम्पन्न बैठकले समावेशी र प्रतिनिधित्वमूलक उम्मेदवारीलाई प्राथमिकतामा राख्दै नाम टुंगो लगाएको हो।
प्रत्यक्ष तर्फका उम्मेदवारहरू
प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फ निम्न उम्मेदवारहरूको नाम सिफारिस गरिएको छः
क्षेत्र नं. १: चिन्नीलाल विश्वकर्मी, मोहम्मद अली मुसलमान
क्षेत्र नं. १ (ख): जामवन्ती भुज, श्रीराम माली, दिलिप कुमार चौधरी
क्षेत्र नं. ३: रविदत्त मिश्र, हिरा लाल यादव, शिव कुमार कोलापुरी
समानुपातिक तर्फका उम्मेदवारहरू
त्यसैगरी समानुपातिक तर्फ निम्न उम्मेदवारहरूको नामावली निर्णय गरिएको छः
क्षेत्र नं. १: अब्दुल अजीम मुसलमान
क्षेत्र नं. २:
कैलाश प्रसाद अग्रहरी (मधेशी तर्फ)
नाजिया खान (मुस्लिम तर्फ)
सुमन चौधरी (मधेशी तर्फ)
क्षेत्र नं. ३:
सुरेश कुमार जायसवाल
सीता खनाल (खस आर्य)
लवकुश मिश्र
इन्तजार खाँ (मुस्लिम तर्फ)
बैठकमा बोल्दै पार्टी अध्यक्ष अग्रहरीले राष्ट्रिय मुक्ति पार्टी नेपालले सामाजिक न्याय, समावेशिता र समान अधिकारको पक्षमा मजबुत उम्मेदवारी प्रस्तुत गरेको बताउनुभयो। उहाँले आगामी निर्वाचनमा पार्टीले कपिलवस्तु जिल्लामा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।
बैठकले पार्टी संगठन विस्तार, आगामी निर्वाचन तयारी र जनसम्पर्क अभियानलाई तीव्र बनाउने निर्णय समेत गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here