युक्रेन युद्ध: रुसबाट फिर्ता लिइएको सहर इज्युमको अवस्था कस्तो छ?

0
242
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • ओर्ला गियरिन
  • बीबीसी न्यूज, इज्युम, युक्रेन

परित्याग गरिएका रुसी ट्याङ्क माथि युक्रेनी सेनाहरू
तस्बिरको क्याप्शन,

परित्याग गरिएका रुसी ट्याङ्कमाथि युक्रेनी सेनाहरू

सोमबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसालै रुसको कब्जाबाट स्वतन्त्र पारिएको इज्युम सहरमा युक्रेनी झन्डा फहराए। त्यस लगत्तै बीबीसी त्यहाँ पुगेको थियो। विद्युत् र पानीबाट वञ्चित त्यस सहरका मानिसहरूलाई युक्रेनी सेनाको उपस्थितिले भने केही राहत दिएको थियो।

इज्युम सहरको नजिक पुग्दै जाँदा त्यहाँबाट रुसी सेना द्रुत गतिमा पछाडि हटेको थप प्रमाणहरू भेटिन्छन्।

युक्रेनी सेना सहर नजिकै सडकको छेउमा मिलेर बसेका भेटिए। उनीहरू फराकिलो मुस्कानसहित युद्धले पारेको क्षतिको निरीक्षण गर्दै थिए।

त्यहाँ त्यागिएका दुई वटा रुसी ट्याङ्कहरू देखिन्छन्। तीमध्ये एउटामा पहिले नै युक्रेनी झन्डा लगाइएको थियो। एउटा ट्याङ्कलाई खाल्डोबाट निकाल्न अर्को ट्याङ्कको सहायतामा तान्न प्रयास गरिरहँदा सैनिकहरू उत्सव मनाउँदै एक अर्कालाई अँगालो हाल्छन्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here