चोलेन्द्र शम्शेर जबरा: सर्वोच्च अदालतका न्यायाधीशहरू महाभियोग समितिमा ‘उपस्थित हुन नमिल्ने’, संसदीय समिति के भन्छ?

0
203

[ad_1]

सर्वोच्च अदालत

तस्बिर स्रोत, BARSHA SHAH

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि दर्ता भएको महाभियोगबारे छानविन गरिरहेको संसदीय समितिमा कामु प्रधानन्यायाधीशसहित सर्वोच्चका बहालवाल न्यायाधीशहरू बयान दिन नजाने निर्णय गरेका छन्। 

बुधवार बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठकले त्यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता बिमल पौडेलले बीबीसीलाई बताए। 

त्यस्तो निर्णय गर्नुको कारणबारे प्रवक्ता पौडेल भन्छन्, “स्वतन्त्र न्यायपालिका सम्बन्धी मूल्य-मान्यता लगायत अहिलेको संवैधानिक व्यवस्थाहरूका आधारमा बहालवाला माननीय न्यायाधीशहरू यस छलफलमा जान उचित नहुने निर्णय भएको छ।”

जबराले आफूमाथि विचाराधीन महाभियोग प्रस्तावबारे संसदीय समितिमा बयान दिने क्रममा सहकर्मी न्यायाधीश, कानुन व्यवसायी र कतिपय नेताहरूमाथि पनि विभिन्न किसिमका आरोप र लाञ्छनाहरू लगाएका थिए।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here