साङ्घाई सहकार्य सङ्गठन: सी जिन्पिङ र भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे छलफल हुने

0
174

[ad_1]

  • फ्रान्सेस माओ
  • बीबीसी न्यूज

सी जिन्पिङ

तस्बिर स्रोत, Getty Images

चिनियाँ राष्ट्रपति सी जिन्पिङले सन् २०२० को सुरुवातमा कोरोनाभाइरस महामारी सुरु भएयता आफ्नो पहिलो विदेश भ्रमणमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तयारी गरेका छन्।

भेटका क्रममा दुई नेताहरूबीच युक्रेन युद्ध र “अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरू”मा छलफल हुने क्रेमलिनले जनाएको छ।

उज्बेकिस्तानमा हुने साङ्घाई सहकार्य सङ्गठनको सम्मेलनका अवसरमा यी दुईबीच भेट हुनेछ।

दुई नेताको भेटले पश्चिमा विश्वको “विकल्प” देखाउने रुसको दाबी छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here