असार २१
कपिलवस्तु ,
कृष्णनगर नगरपालिकामा एक दिने समुदाय स्तरमा मातृ मृत्यु तथा प्रतिकार्य (MPDSR)कार्यक्रम जनप्रतिनिधि र सराेकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय आयाेजक र कृष्णनगर नगरपालिकाकाे समन्वयमा कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम उप प्रमुख आरती देवि चाैधरीकाे अध्यक्षतामा संचालन भएकाे थियाे ।
२०७८ सालकाे जनगणना अनुसार मातृ मृत्यु दर प्रति लाख जिवित जन्ममा नेपालकाे १५१ लुम्बिनी प्रदेशको २०७ कपिलवस्तु जिल्लाकाे २०५ भएकाे हुनाले साे कार्यक्रमलाई महत्त्व दिदै जिल्ला स्वास्थ्य कार्यालयले जनप्रतिनिधि तथा सराेकारवालालाई अभिमुखिकरण कार्यक्रम गरेकाे यस कार्यक्रमका फाेकल पर्सन प्रभाश पन्थीले जानकारी दिनु भयाे ।
साे कार्यक्रममा स्वास्थ्य संयाेजक शंकर भट्टराई ,गिता भट्ट प्रशासन शाखाका राजेश मिश्र महिलाबालबालिका शाखा प्रमुख थुमा उपाध्यय तथा सम्पूर्ण वडाका वडा अध्यक्ष र स्कुलका प्र.अ तथा प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे ।




