कपिलवस्तु जिल्लामा बन्दै गरेकाे नमुना पुल

0
1042

कृष्णनगर नगरपालिका वार्ड नं. ९ अन्तरगत रहेकाे सुरही खाेलामा मल्टी स्पयान ट्रस निर्माण अन्तिम चरणमा ।

कृष्णनगर नगरपालिका वार्ड नं.९ माडा र बिजयनगर गाउँपालिका वार्ड नं.३ महदेइया बिच रहेकाे सुरही खाेलामा निर्माण हुँदै गरेकाे मल्टी स्पयान ट्रस पुल निमार्ण कार्य अन्तिम चरणमा रहेकाे छ ।

यस पुलकाे निर्माणले बिजयनगर गा.पा. वार्ड नं.३ मा पर्ने महदेइया,मैनारी,पत्थरदेइया,जगदीशपुर,कढिहार गाउँका कृषकहरुकाे मुख्य बजार बहादुरगंज रहेकाेले बजार गर्न आउने समस्याकाे समाधान तथा बहादुरगंजमा रहेकाे श्रीराम गाेरखा उच्च मा.वि मा पठनपाठन गर्ने विद्यार्थीहरुलाई वर्षाका बेला खाेला आउने समस्याकाे समाधान भएकाे स्थानीयले जनाएका छन् ।

पुलकाे निर्माण कार्य “माडा महदेइया मल्टी स्पयान ट्रस पुल निमार्ण उ.स वार्ड नं.९” ले गराउदै छ । साे काे कुल लागत खर्च रु.९९४७८७५.८४ रहेकाे र पुलकाे निर्माण कार्य अन्तिम चरणमा रहेकाे उ.स अध्यक्ष निर्भय सिहले जानकारी दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here