अग्निपथ: नेपालका लागि छुट्याइएको कोटा तत्कालका लागि अरूलाई वितरण हुनसक्ने भारतीय सेनाध्यक्षको भनाइ

0
259
ads वन्य जन्तु संरक्षण

[ad_1]

भारतीय सेनाध्यक्ष

तस्बिर स्रोत, @ADGPI/TWITTER

भारतीय सेनाध्यक्ष मनोज पांडेले पुर्वनिर्धारित कार्यक्रम अनुसार नेपालमा गोर्खा भर्तीको प्रक्रिया अघि बढाउन नसकिए त्यसका लागि छुट्याइएको दरबन्दी तत्कालका लागि अरूलाई वितरण गर्न आफूहरू बाध्य हुनसक्ने बताएका छन्।

भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियाका अनुसार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको एउटा प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन्।

नेपालले अग्निपथ योजना अन्तर्गत भारतले अघि बढाउन लागेको गोर्खा भर्तीलाई लिएर कतिपय प्रश्नहरू उठाएपछि अघिल्लो महिनाका लागि बुटवल र धरानमा तय गरिएका गोर्खा भर्ना अभियान स्थगित भएको थियो।

त्यसयता सेप्टेम्बर महिनाको सुरुमा भारतीय सेनाध्यक्ष पांडेले पाँच दिने काठमाण्डू भ्रमण गरेको भएपनि गोर्खा भर्तीबारेको गाँठो फुकेको देखिँदैन।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here