कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकाको नगरसभा तथा १२औं अधिवेशन सम्पन्न

0
133
Oplus_131072

मातृभुमि आवाज-
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिकाको नगरसभा तथा १२औं अधिवेशन सम्पन्न भएको छ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले ७१ करोड ४० लाख ३६ हजार बजेट ल्याएको छ । 
नगर उपप्रमुख आरतिदेवी चौधरीले बजेट प्रस्तुत गर्दै आर्थिक विकास तर्फ १० प्रतिशत,सामाजिक विकास तर्फ १५ प्रतिशत,पूर्वधार विकास तर्फ ६० प्रतिशत बन तथा वातावरण तर्फ ८ प्रतिशत र शुसासन प्रवद्धन तर्फ ७ प्रतिशत बजेट निर्धारण गरेको जसमा सामाजिक सुरक्षा भत्ता समावेश नगरेको बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख रजत प्रताप शाहले नगरको विकासको लागि अहोरात्र खटेर काम गरिरहेको  सडक,शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि लगायतलाई प्राथमिकता दिदै चालु आ.व मा भए गरेका कामको बारेमा सभाका सदस्यहरुलाई जानकारी गराउँनुभएको थियो । कृष्णनगर नगरपालिकाले जनताको चाहना अनुसार योजना निर्माण गरेको उहाँको दावि रहेको छ । मेयर शाहले शिवराज अस्पतालको लागि ९० लाख बजेट बिनियोजन गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here