पाँच जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ

0
172

काठमाडौं : पाँच जिल्लाबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन्। 

तनहुँ, 
शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित प्रतिक्षालयबाट लागूऔषध गाँजा करिब ७ सय २० ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१४ खाल्टे बस्ने २२ वर्षीय विक्रम न्यौपाने र स्याङजा पुतलीबजार नगरपालिका-१३ लामपाटा बस्ने २२ वर्षीय सुलभ परियार रहेका छन्। इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सार्वजनिक प्रतिक्षालयमा बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजासहित पक्राउ गरेको हो।

 मकवानपुर,
 मनहरी गाउँपालिका-५ दरदरा बस्ने ३६ वर्षीय राम सिंह वाईबालाई लागूऔषध गाँजाको धुलो करिब १ किलो र नाइट्राभेट १ सय ५० ट्याब्लेटसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। रामको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनको घरको कोठा तलासी गर्दा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो।

 कैलाली, 
गोदावरी नगरपालिका-८ स्याउले चोकबाट लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३ सय ४० मिलीग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-१ बस्ने २३ वर्षीय रिजन कुमार बुढा र  सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय चेतन पौडेल रहेका छन्। प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले सु.प प्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

 झापा,
 दमक नगरपालिका-२ भाङबारीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु थान १, मोबाइल ३ थान र नगद १ लाख २३ हजार ९ सय रूपैयाँसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय पुजन दुलाल र सोही नगरपालिका-७ छितिज टोल बस्ने २१ वर्षीय सचिन मगर रहेका छन्।  दुलालले घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।

सिरहा,
 बरियारपट्टी गाउँपालिका-४ तेनुवाट्टी बस्ने ६५ वर्षीय फुदन पासवानलाई लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ। उनले लागूऔषध गाँजाको ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here