काठमाडौं , नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापना देखि पूजा–आराधना गरिएकी देवीलाई बिहान १०:३४ बजे विसर्जन गरी ११.५१ को साइतमा टीका लगाउन सकिनेछ । देवीको प्रसादका रूपमा कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट टीका र आशीर्वाद थाप्न सकिने समितिले जनाएको छ ।


