कसको कदम प्रतिगमन? प्रतिनिधिसभाको अन्तिम बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच

0
190
ads वन्य जन्तु संरक्षण

[ad_1]

संसद्

तस्बिर स्रोत, RSS

२०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा संसद् विघटनपछि पनि ‘परमादेशले गर्दा आफूहरूलाई भेट गर्ने’ अवसर दिएको बताएका छन्।

प्रमुख प्रतिपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै उनले ‘परमादेशबाट आएको’ संसद्मा आफूहरूले ‘सहकार्य गर्न पाएको’ बताउँदै ‘न्यायालयले न्याय गरेको महसुस गरेको’ बताए।

उनले भने, “जनताका अधिकार सुनिश्चित गर्न, जनताले सङ्घर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलबीच सहकार्य गरेर मुलुकलाई पूर्ण संविधान बमोजिम मात्र चलाउने पद्धति बस्यो।” 

तर उनी लगत्तै बोलेका प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दैमा “प्रणाली जान नलागेको” भन्दै आफ्नो विघटनको कदमको बचाउ गरे। 

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here