प्रतिनिधिसभा: अधिवेशन अन्त्यसँगै आयुबारेको अन्योल पनि अन्त्य भयो?

0
186

[ad_1]

प्रतिनिधिसभाको शुक्रवारको बैठक

तस्बिर स्रोत, RSS

समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रारम्भिक बन्द सूची निर्वाचन आयोगमा दलहरूले बुझाउने तयारी गरिरहँदा प्रतिनिधिसभाको आयु पनि सकिएको हो? भन्ने जिज्ञासा उत्पन्न भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको बीबीसीलाई बताए।

सरकारको उक्त कदमसँगै आयुबारे प्रश्नहरू उठेका हुन्।

प्रमुख विपक्षी दल नेकपा एमालेले शनिवार मध्यरात कटेपछि आफ्ना सांसदहरू संसद्‌मा नजाने बताएको छ। मङ्सिरमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने कार्यतालिका तय गरेको छ।

[ad_2]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here