प्रथम राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र, नवलपरासीमा तयारी भेला सम्पन्न

0
91
ads वन्य जन्तु संरक्षण

नवलपरासी, २४ असार ।

प्रथम राष्ट्रिय बौद्ध सम्मेलनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले विश्व बौद्ध धम्म संघ नेपालले नवलपरासीमा तयारी भेला सम्पन्न गरेको छ ।

रामग्राम नगरपालिका-१२ स्थित वडा कार्यालयको सभाहलमा आयोजित भेलाको अध्यक्षता विश्व बौद्ध धम्म संघ नेपालका अध्यक्ष बालचन्द बौद्धले गर्नुभएको थियो भने बुद्ध अम्बेडकर जागरण मञ्च नेपालका केन्द्रीय अध्यक्ष हरि ओम विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

भेलामा राम मिलन बौद्ध, राम सुभा बौद्ध, मनोज नागबंशी लगायत विभिन्न जिल्लाबाट आएका बौद्ध धर्मावलम्बी, सामाजिक अगुवा तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलका क्रममा प्रथम राष्ट्रिय बौद्ध सम्मेलनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन आवश्यक तयारी, संगठन विस्तार तथा कार्यक्रम व्यवस्थापनका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

सहभागीहरूले भगवान बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, करुणा, मैत्री र समानताको सन्देशसँगै डा. भीमराव अम्बेडकरले अघि सारेको सामाजिक न्याय र समतामूलक समाज निर्माणको अवधारणालाई सम्मेलनमार्फत देशव्यापी रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलाले बौद्ध धर्मको संरक्षण र प्रवर्द्धन, संगठन सुदृढीकरण तथा राष्ट्रिय सम्मेलनको तयारीलाई थप तीव्र बनाउने निर्णय गरेको छ । सम्मेलनले बौद्ध समुदायबीच एकता, सहकार्य र सामाजिक रूपान्तरणको अभियानलाई नयाँ गति दिने आयाेजकले जनाएको छ ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here