स्वंयम हेरचाह समुहलाई एक लाख सहयोग

0
220


शिवराज नगरपालिका वार्ड नं.९ मा रहेकाे चमर बाेझिया स्वयम् हेरचाह समुहलाई एक लाख सहयाेग गरेकाे छ ।

फेयरमेड फाउन्डेसन नेपाल र कालिका स्वावलम्वन समाजिक केन्द्र द्धारा संचालित आधारभुत स्वास्थ्य परियाेजना अन्तर्गत गठन गरिएकाे चमरबाेझिया स्वंयम हेरचाह कृषक समुहलाई रकम हस्तान्तरण गरिएकाे छ ।

कपिलवस्तुका दशंवटा पालिकामा संचालित आधारभुत स्वास्थ्य परियाेजना अन्तरगत उपेक्षित उष्ण प्रदेशिय राेग बारे कार्यक्रम संचालन रहेकाे छ।
आधारभुत स्वास्थ्य परियाेजनाकाे मुख्य उदेश्य स्वास्थ्य सेवाकाे पहुचबाट बन्चित रहेका समुदायहरु लाई लक्षित गरी पहुचकाे मुख्य धारामा जाेडने कार्यक्रमहरु समुदाय स्तरीय कार्यक्रम , स्वयंम हेरचाह समूह गठन ,स्वास्थ्य व्यवस्थापन समिति तथा स्वास्थ्यकर्मीहरुलाई NTDs बारे परियाेजनाले तालिम तथा अभिमुखिकरण कार्यक्रम मार्फत समुदायमा लुकेर बसेका हातिपाईले,कुष्ठराेग प्रभावित व्यतिहरुकाे पहिचान गरि निदान गरेकाे छ ।

समुदायमा रहेका हातिपाईले,कुष्ठराेग प्रभावित तथा अपांग ,अति गरिब व्यक्तिहरुलाई समुहमा सहभागी गराई स्वंयम हेरचाह गठन सन २०१९ मा गरि , स्वंयम हेरचाह तालिम सम्पन्न भएकाे थियाे ।
समुहकाे सकृयता तथा स्वंयमहेरचाह बारे हरेक महिना माषिक बैठकमा छलफल पश्चात् समुहलाई सन् २०२०मा पालिकाकाे कृषि शाखामा दर्ता गरि परियाेजनाले सहत्तर हजार ,बीस हजार आकस्मिक काेष र पचास हजार आय आर्जन काेष भनेर सहयाेग गरेकाे छ ।
समुहलाई आत्मनिर्भर बनाउने उदेश्यले परियाेजना द्धारा पालिकामा समन्वय सहकार्यगरि आ.व. २०७६/०७७ मा १५०००/- आ.व.२०७७/०७८ मा १०००००/- रकम छुट्टयाइएको थियाे साे रकम शिवराज नगरपालिकाकाे स्वास्थ शाखा प्रमुख चुडामणि भट्टराईले चमरबाेझिया स्वंयम् हेरचाह कृषक समुहलाई हस्तान्तरण गरेकाे परियाेजना अधिकृत निशान गुरुङले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here