विजयनगरमा अवैध बालुवा बोकेका दुई ट्रेक्टर पक्राउ

0
47

विजयनगर, १९ माघ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ बलुइया घाटस्थित सुरही नदीबाट अवैध रूपमा लोड गरिएको बालुवा सहित दुई ओटा ट्रेक्टर सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विजयनगर बिओपीले सोमबार बिहान करिब ४ बजेको समयमा अवैध रूपमा बालुवा लोड गरिँदै गरेको अवस्थामा लु ४ त ७०३० र लु २ त ८९२८ नम्बरका ट्रेक्टर बरामद गरेको हो ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त ट्रेक्टर नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद ट्रेक्टर तथा बालुवा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ट्रेक्टरका धनीबाट प्रति ट्रेक्टर १० हजार रुपैयाँका दरले जरिवाना असुल गरी आवश्यक प्रक्रिया पूरा गरेपछि ट्रेक्टर फिर्ता गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

विजयनगर गाउँपालिकाका राजस्व शाखा प्रमुख अनिल सापकोटाका अनुसार सम्बन्धित ट्रेक्टर धनीहरूले जरिवाना बापत राजश्व तिरेकाे जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here