प्रहरीद्वारा सार्वजनिक जग्गामा उम्रिएको गाँजा नष्ट

0
21
ads वन्य जन्तु संरक्षण

कृष्णनगर, ६ साउन ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका-१० बकौलीस्थित सार्वजनिक जग्गामा उम्रिएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरी टोलीले करिब १ कट्ठा सार्वजनिक जग्गामा अवैध रूपमा उम्रिएको गाँजाखेती फेला पारी नष्ट गरेको हो ।

प्रहरीका अनुसार लागूऔषध नियन्त्रण तथा अवैध गाँजा खेती निरुत्साहित गर्ने अभियान अन्तर्गत उक्त गाँजा नष्ट गरिएको हो । सार्वजनिक जग्गामा कसले गाँजा रोपेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लाभर अवैध रूपमा गाँजा खेती तथा लागूऔषधजन्य गतिविधिविरुद्ध निगरानी र कारवाहीलाई निरन्तरता दिइने गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्यले जनाए ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here