पोखरामा यतिको विमान दुर्घटना : चालक दलसहित ७२

0
297
ads वन्य जन्तु संरक्षण

काठमाडौँ — पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो ।

पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here