
कार्तिक २२
कपिलवस्तु- नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले कपिलवस्तुमा भएको सवारी आगजनीको जिम्मा लिएको छ ।
आम निर्वाचनकाे विराेध सगै कैइयाे मागहरु रहेकाे पर्चामा उल्लेख रहेकाे छ।
मुक्तिमोर्चाले चन्द्राैटा–कृष्णनगर सडक अन्तरगत जवाभारी र विरपुर क्षेत्रमा २ ट्रक १ मोटरसाइकलमा आगजनी गरेको हो ।
नेपाल जनतान्त्रिक मुक्ति मोर्चाले सावारी साधन आगलागी गरेपछी यस क्षेत्रका नागरिक त्रसित भएका छन ।
आगजनी गर्ने नेपाल जनतान्त्रिक मुक्ति मोर्चाको कार्यकर्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।




