चोलेन्द्र शम्शेर जबरा: सर्वोच्च अदालत फर्किन पाएनन् निलम्बित प्रधानन्यायाधीश, सरकारले नजरबन्दमा राखेको आरोप

0
227
ads वन्य जन्तु संरक्षण

[ad_1]

  • विष्णु पोखरेल
  • बीबीसी न्यूज नेपाली

चोलेन्द्र शम्शेर जबरा

तस्बिर स्रोत, Getty Images

गत वर्ष फागुनमा महाभियोग प्रस्ताव दर्ता भएपछि स्वत: निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू अहिले “नजरबन्दमा परेको जस्तो अवस्थामा रहेको” बताएका छन्।

संसद्‌को महाभियोग सिफारिस समितिले उनीविरुद्ध महाभियोग लगाउने सिफारिस गरेको भोलिपल्ट उनले आफू आइतवारदेखि “सर्वोच्च अदालतमा नियमित काममा फर्कने” सूचना पठाएका थिए।

सरकारले उनलाई रोक्न सरकारले उनको निवास र सर्वोच्च अदालतमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेपछि बीबीसीसँगको छोटो कुराकानीमा चोलेन्द्र शम्शेर जबराले त्यस्तो आरोप लगाएका हुन्।

जबराले “प्रतिनिधिसभाको कार्यकाल सकिइसकेको र संविधानमा त्यो अर्को प्रतिनिधिसभामा सर्ने व्यवस्था नभएको” दाबी गरेका छन्।

[ad_2]

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here