कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको  छैठौं बार्षिक साधारण सभा सम्पन्न

0
127
Oplus_131074

मातृभूमि आवाज -कपिलवस्तु
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिको  छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शिवराज नगरपालिका  ३ खरेन्द्रपुरमा साधारणसभा सम्पन्न भएको हो । साझेदारीको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
वनका अध्यक्ष  गंगेशनाथ तिवारीको अध्यक्षतामा भएको पुर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख अथितिथ्यता रहेको थियो ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने, विशिष्ट अतिथि गौतम बुद्ध डिभिजन वन कार्यालय का डिभिजनल अधिकृत राजु क्षेत्री, कार्यपालिकाका प्रतिनिधि, वडाका जनप्रतिनिधि, सामुदायिक वनका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सभाले संस्थाको हालसम्मको गतिविधि, उपलब्धिहरू र भावी योजनाहरूको समीक्षा गरेको साझेदारीका अध्यक्ष गंगेशनाथ तिवारीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here