२ दिने अपाङ्गताबारे क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

0
350
ads वन्य जन्तु संरक्षण


अनेक पाण्डे
कपिलवस्तु,मंसिर २१
२ दिने अपाङ्गताबारे क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएकाे छ ।
कपिलवस्तुकाे चन्द्राैटामा रहेकाे मेरुदण्डीय पक्षघात समूह नेपाललाई दुई दिने संस्थागत क्षमता अभिवृद्धि तालिम सम्पन्न भएकाे छ । यस संस्थाकाे क्षमता अभिवृद्धिकाे लागि कालिका स्वावलम्वन सामाजिक केन्द्र फेयरमेड फाउन्डेसन नेपाल काे साझेदारीमा आधारभूत स्वास्थ्य परियाेजना काे आयोजनामा अभिवृद्धि तालिम सम्पन्न भएकाे छ। परियाेजना अधिकृत निशान कुवरले कार्यक्रम संचालन गर्नुभयाे।
साे तालिमकाे प्रशिक्षक देवि पाेख्रेलले संस्थालाई संचालन गर्नकालागि आवश्यक ऐन कानुन,नितिनियम,कार्ययोजना निर्माण बारे प्रशिक्षणदिनुभयाे त्यसैगरि डा.राजु ढकालले जुम ऐप्स द्धारा मेरुदण्डबारे छलफल गर्नुभयाे । मेरुदण्डीय पक्षघात समूहका सहभागीहरु प्रेम वलि ,विनाेद राेका,टीका पाेख्रेल,चुडामणि आचार्य,राधेश्याम थारु,फरसुराम खनाल,हसिना थारु,मायालु थारु,समिम अहम्द,दिना बेलवासे,बसन्ती चौधरि,अनु थारु,खुमराज घिमिरे,अमरिता राईमाझीकाे सहभागी रहेका थिए । दुईदिने कार्यक्रम बारे समितिका अध्यक्ष खुमराज घिमिरेले परियाेजनालाई धन्यवाद दिदै कार्यक्रम समापनकाे घाेषणा गर्नुभयाे ।

ads वन्य जन्तु संरक्षण
वन्य जन्तु संरक्षण गरौं, जैविक विविधतामा जोड दिऔं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here